वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीस्थित एक पाेखरिमा साेमबार एक युवककाे शव फेला परेकाे छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी २० बर्षिय राेहित माझीकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।
साेमबार विहान भेडिहारी गाउँ बाहिर पश्चिम तर्फ रहेकाे एक पाेखरीमा शव स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय पाेखरियाबाट पुगेकाे प्रहरी टाेलीले घटनास्थलकाे मुचुल्का उठाई शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएकाे थियाे ।
स्थानियहरुका अनुसार माझी आइतबार दिउसाे २ बजे घरबाट निस्केका थिए । राति अबेर सम्म उनी घरमा नपुगेपछि घर परिवारले खाेजतलाश सुरु गरेकाे थियाे ।
