Categories समाचार

होटलमा महिला पुरुष मृत फेला, युवतीको हत्या गरी आफू आत्महत्या गरेको अनुमान

बुटवल : बुटवलको फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा एक महिला र एक पुरुष मृत फेला परेका छन्।  होटलको कोठामा रक्ताम्य अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग  कुमपुर-५ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।

Advertisement

युवतीको नाम पुष्पा भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न नसकेको प्रहरीको भनाई छ। उनको घर दाङ्ग रहेको बताइएको छ। मृतक महिलाका श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ।

Advertisement

प्रहरी निरीक्षक घिमिरेका अनुसार युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक घिमिरेले बताए। उनका अनुसार उनीहरु आइतबार राती त्यही होटलमा बस्न आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *