Categories राजनीति समाचार

प्रदेश सभा सदस्य गिरी नेकपा एमालेमा प्रवेश

Advertisement

वीरगन्ज । लोसपाका नेता एवं पर्साका प्रदेश सभा सदस्य  प्रहलाद गिरी आज पुनः नेकपा एमालेमा प्रवेश गरेका छन।

काठमाडौंमा आज आयोजित एक बिशेष कार्यक्रमका बिच प्रदेश सभा सदस्य गिरी संगै युवा नेता अरुण यादव,सुजित गिरी लगायत दर्जन भन्दा बढि नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन  । नेताहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबिर टिका एवं फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।

Advertisement

गिरी यसअघि तत्कालिन जसपाबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित भएका थिए ।

Advertisement

पार्टी प्रवेश संंगै गिरीले एमालेलाई पर्सामा थप बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले पुरानै घर फर्किएकोमा खुशी व्यक्त गरेका छन ।

सो अवसरमा पोखरीया नगरपालिकाका मेयर प्रद्युमन चौहान, नेकपा एमाले वीरगंज महानगरका सचिव सुन्दर कुर्मी, युवा नेता शिवजी गुप्ता लगायतको उपसिथती रहेको थियो । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *