वीरगन्ज । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन्। शनिबार राति आफ्नै घरबाट पक्राउ परेका उनलाई म्याद थपका लागि जिल्ला अदालत लग्ने तयारी भइरहेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए।
दर्जनाैँ व्यक्तिले उजुरी दिएपछि उनी फरार रहेका थिए।
अनिरुद्धमाथि चर्को ब्याजमा ऋण लगानी तथा ठगी जालसाजी गरी दर्जनाैँ व्यक्तिको सम्पत्ति हडपेको आरोप छ ।
उनले गैरकानुनी रूपमा चर्को ब्याजदरमा महोत्तरी, धनुषा, सर्लाहीलगायतका विभिन्न जिल्लाका गरिब तथा विपन्नलाई ठगी गरेको आरोप छ।







