Categories समाचार

बिना काम राति घुम्नेलाई थुनाको हवा, १३ जना नियन्त्रणमा

Advertisement

वीरगञ्ज ।  वडा प्रहरी कार्यालय बिर्ताले मापसे गरेका तथा शंकास्पद अवस्थामा हिँडीरहेका १३ जनालाई नियन्त्रणमा लिएको छ । 

वीरगञ्जका विभिन्न स्थानमा वडा प्रहरी कार्यालय बिर्ताले चलाएको अपराध नियन्त्रण अभियान अन्र्तगत स्वीप अपरेशनका क्रममा १३ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए । 

Advertisement

उनका अनुसार मापसे गरी सवारी दुर्घटना, झैझगडा, गरगहना चोरी, मोटरसाइकल चोरी लगायतका अपराधहरुको नियन्त्रणका लागि कार्यालयबाट खटिएको मोबाइल तथा पैदल गस्ती टोलीले मध्यराति १२ बजेदेखि २ बजेसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो । 

Advertisement

मापसे गरेका र शंकास्पद तवरले चोरी गर्ने प्रयोजनका साथ हिँडीरहेकाहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *