Advertise
Advertise: Advertise:
Advertise:
Advertise: Advertise:
Advertise:
वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले मापसे गरेका तथा शंकास्पद अवस्थामा हिँडीरहेका १३ जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्जका विभिन्न स्थानमा वडा प्रहरी कार्यालय बिर्ताले चलाएको अपराध नियन्त्रण अभियान अन्र्तगत स्वीप अपरेशनका क्रममा १३ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।
उनका अनुसार मापसे गरी सवारी दुर्घटना, झैझगडा, गरगहना चोरी, मोटरसाइकल चोरी लगायतका अपराधहरुको नियन्त्रणका लागि कार्यालयबाट खटिएको मोबाइल तथा पैदल गस्ती टोलीले मध्यराति १२ बजेदेखि २ बजेसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो ।
मापसे गरेका र शंकास्पद तवरले चोरी गर्ने प्रयोजनका साथ हिँडीरहेकाहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

Advertise
Advertise:
