Categories अर्थ समाचार

ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जना पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायतको ब्राण्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भदौ पाँच गते कोटेश्वर क्षेत्रमा नक्कली मदिरा बिक्री वितरण गरेको सूचना पाएकोे आधारमा तत्काल प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभात कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी पक्राउ गरेको बताए । उनले अनुसन्धानमा हरि वलीसहित पाँच जना नक्कली मदिरा बनाएर बेच्ने कार्यक्रमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको बताए ।

Advertisement

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बच्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेको बताए । उनले उनीहरुले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लव, लञ्च, डिक्सको, विभिन्न मदिराका डिलर, दोहोरी र डान्स बारमा बिक्री वितरण गर्ने गरेको भेटिएको बताए ।

Advertisement

उनले स्वदेशी मदिराको अन्तःशुल्क स्टिकर झिकेर बोतलमा लगाएर बेच्ने गरेको पनि बताए । प्रमुख बोहोराले उनीहले स्टक क्लियरेन्स भन्दै बजार भाउ भन्दा हजार रुपैयाँ सस्तोमा त्यो मदिरा बेच्ने गरेको भेटिएको बताए । उनले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा भगवान बस्नेतले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको बताए ।

प्रमुख बोहोराले भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८ हजार ८४८ भोड्का बरामद भएको बताए । त्यस्तै कोटेश्वर बस्ने हरि वलीको कोठाबाट पनि डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल, ज्याक डेनियल्स ११ बोतल, गोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा बरामत भएको बताए ।

उनले बरामत गरिएका सामान सबै सिलप्याक अवस्थामा रहेको पनि बताए । त्यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खालि बोतल ८ वटा, ब्ल्याक लेभलका खालि बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खालि बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मदिरा प्याक गर्ने खाली बोतल हरु ठूलो परिमाणमा बरामद भएको प्रमुखले बताए ।

उनले भने, ‘मिति २०७९ पाँच महिना ७ गते ४ बजेको समयमा काठमाडौं जिल्ला काठामाडौं महानगरपालिका कोटेश्वर क्षेत्रमा विभिन्न ब्राण्डका नक्कली रक्सी विक्री वितरण भएको सूचना भएको थियो । त्यो सूचनाको आधारमा तत्कालै प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभात कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी सूचना अनुसार निगरानी गर्दा हरि वली भन्ने व्यक्तिको संलगनता पाइएकाले निजको कोठाबाट विभिन्न ब्राण्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायतका चार कार्टुन सिल प्याक गरेको अवस्थामा भेटियो ।

हरि वलीसँग सोधपुछ गर्दा मदिरा उत्पादन,भण्डार र बिक्री वितरण कार्यमा संलग्न अन्य तीन जना पनि छन् भन्ने कुरा खुल्न आयो । त्यसपछि नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्री भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नः२ दुवाकोटबाट भगवान बस्नेतलाई नियन्त्रणमा लिई नक्कली मदिरा उत्पादन गर्ने उद्योगमा छापा नक्कली मदिराहरु बरामत गर्र्यौं ।’

उनले थपे, ‘दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ गरी पाँच जना पक्राउ ग¥यौं । हरि वलीको कोठाबाट डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल ,ज्याक डेनियल्स ११ बोतल,बोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा नियन्त्रणमा लिएका छौं ।

नक्कली मदिरा उत्पादन गरेर नाइट क्लव, लञ्च, डिक्सको, विभिन्न मदिराका डिलर, दोहोरी र डान्सबारमा बिक्री वितरण गर्ने गरेका रहेछन् । पक्राउ पर्नेहरुमाथि कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यलयबाट ७ दिनको म्याद थप भइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।’

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बेच्ने पाँचै जनालाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *