Categories समाचार समाज

महिला कैदीबन्दीका लागि चिसो खानेपानी मेसिन जडान

Advertisement

पर्सा । वीरगन्ज कारागारमा महिला कैदीबन्दीका लागि चिसो खानेपानी मेसिन जडान गरिएको छ । रूङगटा वेल फेयर सोसाइटी वीरगन्जले कारागारमा चिसो खानेपानी मेसिन जडान गरि दिएको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका संस्थापक स्वर्गीय सुशील खेतानको स्मृतिमा रूङगटा वेल फेयर सोसाइटीले ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको समन्वयमा उक्त मेसिन सोमबार जडान गरेको हो ।

Advertisement

हिन्दु महिलाहरुको महान पर्व हरीतालिका तिजको उपलक्ष्य पारे महिला कैदीबन्दीको सहजताका लागि उक्त मेसिन जडान गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले बताए ।

Advertisement

मेसिन जडान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, रुङगटा वेल फेयर सोसाइटीका अध्यक्ष सुरेश रुङगटा , वीरगन्ज कारागारका जेलर कृष्ण गैरे, प्रहरी नायव उपरिक्षकद्वय .दिपक गिरी र निर्मल बुढाथोकी, सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन थापा , प्रहरी निरिक्षक विशाल मल्ल , व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलीपराज कार्की , वीरगन्ज सामुदायिक आँखा हस्पिटलका सदस्य मुकेश खेतान लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *