वीरगन्ज । जबरजस्ती करणी गरेर फरार हरेका एक जनालाई वडा प्रहरी कार्यालय विर्ताले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बस्ने अनिल प्रसाद चौरसिया रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी गराउनु भयो ।
२०७६/०३/१२ गते उच्च अदालत जनकपुर इजलासको फैसलाले जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय र ३०,०००/- रुपैयाँ जरीवाना तोकिएका चौरसिया तीन वर्षदेखि फरार रहदै आएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताको फैसला कार्यान्वयन विशेष टोलीले आज ( मगंलबार) चौरसियालाइ घर बाहिरबाट पक्राउ गरि अदालत समक्ष बुझाएकोमा उनलाई कैद भुक्तानको लागि आजै कारागार चलान भएको प्रहरीले जनाएको छ ।







