Categories समाचार

सर्वोत्तम स्टिलमा करेन्ट लागेर एक को मृत्यु, एक जना गम्भीर घाइते

Advertisement

वीरगञ्ज । वीरगञ्जको सर्वोत्तम स्टिल उद्योगमा भवन निर्माणको काम गर्ने १ जना कामदारको ज्यान गएको छ ।

वीरगञ्ज महानगरपालि वडा नम्बर २२ मा सञ्चालित उद्योगमा थप भवन बनाउने कार्यमा संलग्न १ जना कामदारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

मृत्यु हुनेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका १ का १७ वर्षीय रबिन थारुको मृत्यु भएको र सोही नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय सिताराम थारु गम्भीर घाइते भएका छन् ।

Advertisement

करेन्ट लागेर गम्भीर भएका दुबैलाई उपचारका लागि बयोधा हस्पिटल पुर्याइएको भए पनि रबिनको अस्पतालमा पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । सितारामको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घरको जग ढलान गर्ने क्रममा भाइब्रेसन मेसिनले सम्याउन खोज्दा मेसिनको तार सर्ट भई करेन्ट लागेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *