अन्जु कुमारी
वीरगन्ज । सबै जग्गा जमिन बेचेरे दिएपनि हाल कर्जा जस्ताको तेस्तै रहेको भन्दै मिटरव्याजीलाई कार्यवाहीको माग गर्दै पिडितहरुले वीरगञ्जमा पत्रकार सम्मेलन गरेका हुन् ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर २ सोनरनियाका दयाशंकर प्रसाद यादवले २०७६ साल असोज महिनामा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसंग १४ लाख रुपैया ऋण लिएका थिए । तर ऋणको ब्याज बापत उनले ४२ लाख भन्दा बढी रुपैया तिरिसकेको भएपनि ऋण चुक्ता हुन नसकेको भन्दै मिटर व्याजीलाई कार्यवाहीको माग उनकी आमा सुनैना देवी र उनका आफन्तले गरेका छन् ।
ऋण चुक्ता गर्ने बेला नगदमा पैसा लिएको तर विशवासका लागि भन्दै ऋण लिने तथा तमसुक बनाउने बेला मिटरव्याजी अनिलले लिएको चेक हाल पैसा दिएपनि जानी जानी बाउन्स गराई आफ्नो छोरालाइ कारागार पठाउन बाध्य बनाएको उनकी ७३ वर्षिय आमा सुनैना देवीले गहभरी आँशु ल्याउँदै भनिन् ।
हालै सरकारले मिटर ब्याजी विरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिल विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैना देवीसंगै तीन जनाको उजुरी परेको छ ।अनिल विरुद्ध सुनैनासंगै बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर १ का युगल किशोर यादव र महागढीमाइ नगरपालिका वडा नम्बर ७ का किशोरी प्रसाद यादवले पनि उजुरी हालेका छन् ।
अनिल बाराकै प्रसौनी गाँउपालिका ३ नौतन गण्डक स्थित रामजानकी आधरभुत विधालयमा कार्यरत शिक्षक पनि रहेका छन् । आफु मिटर ब्याजीको धन्दा चलाउने व्यक्ति नभएको भनाई उनको छ ।







