Categories समाचार समाज

१५ वर्षीया खातुनद्वारा चार तलाबाट हाम फालेर आत्महत्याको प्रयास

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगर वडा नम्बर १२ मुर्लीमा सञ्चालित विद्यासदन माविकी साबना खातुनले आत्महत्याको प्रयास गरेकी छन् । 

वीरगञ्ज वडा नम्बर १४ बहुअरी बस्ने १५ वर्षीया साबना खातुनले बुधवार अपराह्न चार तलाबाट हाम फालेर आत्महत्या प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement

हाम फाल्दा उनी विद्यालय अगाडिको कम्पाउन्डमा खसेकी थिइन् । उनको बायाँ खुट्टा र दुवै हातमा गम्भीर चोट लागेको छ । 

Advertisement

हाल उनको वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

उनको शल्यक्रिया गर्ने चिकित्सकको तयारी छ । केही महीनाअघि खातुनकी आमाको निधन भएको र बुबाले अर्को बिहे गरेपछि उनी तनावमा थिइन् । 

उनी घर छाडेर अहिले बहुअरीस्थित मामाघरमा बसेकी थिइन् । आत्महत्या गर्नुको पछाडि मानसिक तनाव रहेको बुझिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *