Categories समाचार

किसानका लागि “मल्ल” देखि वीरगञ्जबासीका लागि “ढल” सम्म सुधारेका मेयर सिंह सय दिनमा के के गरे…

Advertisement

पर्सा । स्थानियतहको निर्वाचन २०७९ मा निर्वाचीत भएर महानगरको नेतृत्व सम्हालेको राजेशमान सिंहलाई आज १ सय दिन पुरा भएको छ । सय दिनलाई मानिसहरुले विभिन्न तरिकाले लिने गर्दछन् । कसैले यसलाई टिक्का टिप्पणी नआउने समयको रुपमा लिन्छन् भने कसैले यसलाई आगामि दिनमा गरीने कामको पुर्वतैयारीको रुपमा पनि लिने गर्दछन् । महानगरले भने सय दिनको यो अवधिलाई कार्यकालको बाँकी समय निरन्तरताको रुपमा लिएको छ ।

जेठको १२ गते शपथ ग्रहण गरेदेखि सिंहले कुनै पनि दिन फुर्सदमा विताएका छैनन् । महानगरको नेतृत्व सम्हाल्दै गर्दा महानगरको सवै शाखा महाशाखामा रहेको बेथिती, कमिकमजोरीलाई अन्त्य गर्दै छिटो छरितो र सहज सेवा प्रदान गर्ने प्रणालीको विकास गर्दै गर्दा शुन्य बाट सवैखाले कामको शुरुवात गर्नु परेको सिंह बताउनु हुन्छ ।

Advertisement

वहा भन्नुहुन्छ “हामी  कसैको नाम लिन चाहँदैनौँ ।”  २० वर्ष कर्मचारीले चलाएको स्थानिय सरकार विचमा जनप्रतिनिधिले एक कार्यकाल चलाईसक्दा पनि कर्मचारीले चलाएर छोडेको रुपमा नै हामिले पाएको थप्नु हुन्छ  ।

Advertisement

महानगर जस्तो संस्थाको लागि अति सामान्य लाग्ने कामबाट आफ्नो कार्यकालको शुरुवात गरेको सिंहको भनाइ छ । “शुरुबाटै भन्दै आएका थियौँ, हाम्रो प्राथमिकता भनेको जनताको दैनिकि सँग जोडिएको समस्या समाधान गर्नु हो ।”  सिंह भन्नुहुन्छ ।

आज पत्रकार सम्मेलन गरेर वीरगंजका मेयर सिंहले सय दिनमा गरेको कामको विवरण प्रस्तुत गरिएको छ ।

. वीरगंज महानगरबाट प्रदान गरिने कुनै पनि सेवाको लागि अनिवार्य शूल्क बाहेक विभिन्न बहानामा सेवाग्राहिसँग असुलिने गलत अभ्यासलाई पुर्णरुपमा अन्त्य गरिएको छ । अझै पनि कसैले त्यस किसिमको व्यवहार देखाएमा सिधै प्रमुखज्यूले गुनासो सुनुवाई गर्ने व्यहोराको सुचना पाटी प्रत्येक शाखा अगाडि टाँस गरिएको छ । र आजको दिनसम्म त्यस प्रकारको गुनासो आएको छैन ।

. कुनै पनि शाखाको सेवा लिन महानगरमा आउँदा कागजात नपुगेको अवस्थामा बाहेक गलत नियत राखि अल्झाउने, प्रकृया लम्ब्याउने वा पर्खाउने पद्दतिको अन्त्य गर्दै छिटो छरितो र सहज सेवा प्रदान गर्न शुरु गरिएको छ । यसै अन्तर्गत बढि गुनासो आउने गरेको नक्सा शाखामा भइसकेका फाईलहरुको विवरण सार्वजनिक गर्न शुरुवात गरिएको छ भने कानुनी रायकालागि एक हप्ता दश दिन सम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्दै तत्कालै राय लेखनका लागि अधिवक्ताको व्यवस्थापन तथा नियुक्ति गर्ने काम अघि बढेको छ । वीरगंज महानगर भित्र रहेको घरहरुको तथ्याङ्क संकलनको काम पनि अघि बढ्ने चरणमा रहेको छ । 

. कर्मचारी र जनप्रतिनिधि मात्रै होईन सेवाग्राहि लाई समेत समान वातावरण र व्यवहारको अनुभुति दिलाउन सेवाग्राहिको बढि सहभागिता रहने स्थानमा एसी जडान, खानेपानीको व्यवस्था, बस्ने बेञ्चको ब्यवस्था सहित पालो सहजताको लागि डिजिटल टोकनको व्यवस्था गरिएको छ ।

. कर्मचारी समयमा उपस्थित भए नभएको र कार्यालय समयसम्म सेवा दिए नदिएको अनुगमन गर्न ई–हाजिरीको व्यवस्था गरिएको छ ।

. महानगरमा आउने सेवाग्राहिको अवस्था र कर्मचारीको गतिविधि बुझ्न, आफ्नो शाखामा बसे नबसेको र काम गरे नगरेको अवस्था जाँच गर्न प्रत्येक शाखामा सिसिटिभी जडान गरिएको छ भने सो को निरिक्षण प्रमुखज्यूले गर्ने गरी उहाँकै कार्यकक्षमा स्कृन राखिएको छ । कुनै समस्या भएमा तत्कालै शाखाप्रमुख सँग कुरा गर्न मिल्ने गरी ईन्टरकम फोन जडान गरिएको छ ।

६. वडा तर्फ एउटै सचिवले एक भन्दा बढि वार्ड हेर्नुपर्ने बाध्यताको अन्त्य गर्दै एक वार्ड एक सचिव सहित सहायक सचिवको व्यवस्था गरिएको छ । जसले गर्दा सेवाग्राहिले वडा कार्यालयमा सचिव कुरेर समय खेर फाल्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ भने सेवा छिटो छरितो समेत बनाईएको छ ।

७. वडाको सेवालाई डिजिटल बनाउन प्रत्येक वार्डमा कम्प्युटर अपरेटरको व्यवस्था गरि सोहि स्थानबाट व्यवसाय कर, बहाल कर तथा एकिकृत सम्पत्ति कर लगाएतको कर तिर्ने व्यवस्था मिलाईएको छ भने १ हजार वर्गमिटरसम्मको घरको नक्सा पास वडाबाटै गर्न मिल्ने गरि निति बनाईएको छ । जुन जनशक्तिको व्यवस्था सँगै चाँडै कार्यान्वयनमा जाँदैछ ।

८. सरसफाईलाई चुस्त दुरुस्त पार्न मुख्य सडक र ठुला नालाबाहेक बाँकी सवै वडाले नै हेर्ने गरी सेवालाई विकेन्द्रीत गरिएको छ । वडाका लागि थप जनशक्तिको नियुक्ती, उपकरण र सवारी साधनको व्यवस्थापनको काम अन्तीम अवस्थामा पुगेको छ ।

९. २० औँ वर्षदेखि सफाई हुन नसकेको ठुला नालाहरुको सफाई गर्नुका साथै कैलास होटल आस पासका नालामाथिको अतिक्रमण भत्काईएको छ । ठुला नाला सफाईको क्रममै वर्षात्को शुरुवात भएकोले वर्षात् सकिने वित्तिकै पुनः उक्त कार्यलाई निरन्तरता दिईनेछ । 

१०. वर्षौदेखि विग्रिएको घण्टाघरको सडक निर्माण गरिएको छ भने मुख्य सडकमा पानीजम्ने समस्यालाई समाधानगर्न पावर हाउस चोक देखि घण्टाघर सम्म ११ स्थानमा चेम्बर निर्माण गरी निकासको व्यवस्था मिलाईएको छ ।

११. नेपाल विधुत प्राधिकरणले उपलब्ध गराएको लिष्ट अनुसार करिब १० हजार घरधुरीको घरेलु मिटरमा अधिकतम ३० युनिट र महानगर भित्रका ४ सय ७० कृषि मिटरको सम्पुर्ण विधुत खपतको भुक्तानी महानगरले गर्ने निर्णय भएको छ र सोको कार्यान्वयन अन्तिम चरणमा पुगेको छ । 

१२. वीरगंजलाई मैत्री शहरको रुपमा विकास गर्ने हाम्रो निति तथा कार्यक्रम अनुसार सवारी व्यवस्थापन कर खारेज गरीएको छ । त्यसका साथै महानगरका सम्पुर्ण करहरुको पुनरावलोकन गर्दै कर घटाईएको छ ।

१३. फुटपाथमा अवैध रुपमा राखिएका निर्माणजन्य सामग्रि हटाउने र छाडा चौपाया नियन्त्रण जरिवाना र  मेडिकल वेष्ट जथाभावि फाल्नेलाई जरिवाना गर्ने कामलाई निरन्तरता दिईएको छ ।

१४. महानगरका किसानहरुलाई सहज रुपमा मल उपलब्ध गराउनका लागि पहल गरिएको छ । त्यसै अन्तर्गत कृषि सामग्रि कम्पनी लिमिटेडबाट महानगरले पाएको कोटा २७७१ बोरा बाहेक थप १० हजार बोराको सहमति गरिएको छ भने सो मध्येबाट ६ हजार बोरा मल वितरण समेत गरिएको छ । थप ४ हजार बोरा केहि दिनमा वितरण गरिने छ भने साल्ट ट्रेडिङ्घ कर्पोरेसन लिमिटेडसँग समेत थप २ हजार बोरा युरिया मल र २ हजार बोरा डिएपी लिई वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

१५. धार्मिक स्थलको सौन्दर्यकरण अन्तर्गत गहवामाई मन्दिर अगाडि सडक तथा पेटि युरोपियन स्टान्डर्डको पेवर्स (ईन्टरलक) लगाउने काम तथा सौन्दर्यकरणको काम भईरहेको छ भने त्यसका अलावा मन्दिरलाई आधुनिक बत्तिबाट सजाउने कामको समेत चाँडै शुरुवात हुँदैछ । त्यस्तै घण्टाघर, शंकराचर्य गेटलाई समेत डिजीटल लाईटिङको काम अघि बढेको छ ।

१६. नगरलाई हरियाली बनाउनका लागि बाईपास सडकखण्डमा बृक्षरोपण गरिएको छ । दोश्रो बाईपास, तेश्रो बाईपास सडक तथा नगरमा अन्य भागहरुमा पनि बृक्षरोपणको काम अगाडि बढेको छ । त्यस क्षेत्रमा मात्रै २७ सय बृक्षरोपण गरिने छ ।

१७. विगतमा विद्यार्थीहरुको छात्रबृत्तिको विषयमा एउटा कलेजमा भर्ना हुने र अर्कै कलेजमा छात्रबृत्ति प्राप्त हुँदा समस्या देखिँदै आएकोमा यस वर्षबाट हामिले जुन कलेजमा विद्यार्थी भर्ना हुने हो सोहि कलेजमा नै छात्रबृत्ति समेत उपलब्ध गराउने व्यवस्थाको शुरुवात गरेका छौँ भने कक्षा ९ र ११ को छात्रबृत्तिको लागि महानगरले परिक्षा लिने र अन्यको हकमा विद्यालयले नै परिक्षा लि ने र अनिवार्य रुपमा १० प्रतिशत बालबालिकाले छात्रबृत्ति पाए नपाएको अनुगमन महानगरले गर्ने व्यवस्था मिलाईएको छ ।
त्यस्तै संस्थागत विद्यालयमा देखा परेका सवैखाले समस्याको दिर्घकालिन समाधान गर्न शिक्षा समितिलाई पुर्णता दिएर विद्यालय स्तरिकण तथा शुल्क निर्धारण उपसमिति समेत गठन भई काम अगाडि बढेको छ भने सामुदायीक विद्यालयको समस्या समाधानको लागि व्यवस्थापन समिति गठन, भौतिक पुर्वाधार निर्माण  लगाएतको काम अगाडि बढेको छ । महानगरमा प्राविधिक शिक्षामा जोड दिन सिटिईभिटिसँगको सहकार्यमा टेक्निकल कक्षा तथा आंगिक अर्थात् पुर्ण प्राविधिक विद्यालय स्थापनाको लागि पहल गरिएको छ । त्यस्तै महानगरमा शिक्षक अभाव समस्या समाधान गर्न सरकारी अध्ययनकै आधारमा देखिएको २ सय ८७ शिक्षकको अभाव पुर्ती गर्न पनि शिक्षा मन्त्रालयमा पहल गर्ने काम भईरहेको छ ।

१८. नागरिकलाई घरघरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि महानगरपालिकाले प्रत्येक वडामै पुग्ने गरी स्वाथ्यकर्मी तथा प्रयोगशाला सहितको मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न गईरहेको छ । त्यसका लागि ल्याब जडित गाडि तैयार पारिसकिएको छ भने अन्य तयारीका काम पनि अन्तिम चरणमा पुगेको छ । जुन यसै साताबाट सञ्चालन हुँदैछ । एमविविएस डाक्टर, मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, सिएमए तथा अनमि सहितको टोलि खटाईनेछ । त्यसमा कन्सल्टेसन सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण समेत गरिनेछ र नियमित रुपमा सञ्चालनमा आउनेछ । यसका साथै योग तथा व्यायाम शिविर सञ्चालनको लागि पनि तैयारी भईरहेको छ ।

१९. हामिले महानगरको नेतृत्व सम्हाल्दै गर्दा यसको अवस्था के थियो भन्ने जानकारी प्रदान गर्नका लागि श्वेतपत्र जारी गरेका छौँ । र त्यसक्रममा देखिएका बेथिति लगायतका सम्पुर्ण विषयमा निष्पक्ष छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुरा गरिएको छ र लिखित निवेदनको प्रकृया अगाडि बढेको छ ।

२०. उज्यालो वीरगंज कार्यक्रममा हामिले नेतृत्व लिँदै गर्दा विग्रिएका ७० प्रतिशत भन्दा बढि बत्तिको मर्मत सम्भार नयाँ जडानको काम तिव्र रुपमा अघि बढेको छ भने विग्रिएका सोलार बत्तिको मर्मत सम्भारको काम पनि अघि बढेको छ ।

२१. बसपार्कको पुनः निर्माणको काम अगाडि बढेको छ । छत चुहिने समस्या समाधान, शौचालयको व्यवस्थापन, नयाँ काउन्टर स्थापना लगाएतको आवश्यक कामहरु अगाडि बढाईएको छ । भने घण्टाघर अगाडिको ट्राफिक समस्या समाधान गर्नका लागि सिटि राईड र म्याजिकलाई बसपार्कमा पठाउने काम अगाडि बढेको छ । त्यसका साथै ई रिक्सालाई महानगरमा दर्ता गर्नुका साथै रुट निर्धारणको काम अगाडि बढेको छ ।

२२. फोहर व्यवस्थापनलाई व्यवस्थीत गर्न ल्याल्डफिल्ड साईटको व्यवस्थापन, नयाँ उपकरण जडान लगाएतको काम अगाडि बढेको छ ।

२३. महानगरका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गा, पोखरी लगाएत सम्पत्तिको प्रमाण संकलन तथा मुद्दा दर्ताको प्रकृया सँगसँगै अगाडि बढेको छ । यसअघि चलिरहेका मुद्दामा बहस पैरवी गर्ने काम पनि भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *