Categories समाचार

वीरगञ्ज महानगरका वडा प्रविधिमैत्री बन्दै, वडा नं. २४ को सम्पत्ति कर वडामै भुक्तानी

Advertisement

पर्सा । वीरगञ्ज महानगरपालिकाले सेवा चुस्त बनाउन ३२ वटै वडालाई कम्प्युटर प्रणालीमार्फत जोड्न थालेको छ ।

वडाबाट प्रदान गरिने विभिन्न सिफारिस एवं प्रमाणित बापत लाग्ने शुल्क, दस्तुर तथा करहरु सोझै कम्प्युटर प्रणालीमार्फत मात्रै असुल गर्न महानगरले दिएको निर्देशन बिस्तारै कार्यनयन हुदैछ ।

Advertisement

महानगरको निर्देशन पाल्ना गर्दै वीरगन्ज महानगरपालिका वडा नम्बर २४ को वडा कार्यालयले हिजोदेखी ( सोमबार ) “अनलाइन सम्पत्ति कर” काट्ने कार्य शुरु गरेको छ।

Advertisement

अहिलेलाई रु. १००० भित्र पर्ने सम्पत्ति करको लागि मात्र नगद लिने गरि सफ्टवेयर बनाइएकोले त्यस भन्दा माथिको रकम बैक मार्फत भुक्तान गर्नुपर्दा महानगरमै भुक्तान गर्न जनाइएको छ ।
 

रु. १००० भन्दा बढीको भुक्तानी बैंक मार्फत गर्नुपर्ने साथै यहाँ नजिकै कुनै बैंक नरहेकोले जनशक्तिको अभाव रहेपनि केही दिनमै व्यवस्थित तरिकाले अझै प्रभावकारिताका साथ सम्पुर्ण कर असुली गरि पुर्ण रुपमा वडालाइ फाइदा पुर्‍याउने योजना बनिरहेको वडा सचिव सुर्यकान्त झाले जानकारी गराए ।

यसअघि रसिदबाटै शुल्क, दस्तुर तथा करहरु संकलन गरिने गरिएको थियो ।

त्यसरी संकलन गर्दा कतिपय शुल्क, दस्तुर तथा कर अनधिकृत प्रयोग हुने गरिएकाले अबदेखि भने त्यसलाई हटाउँदै सोझै कम्प्युटर प्रणालीमार्फत सेवा दिने वडा अध्यक्ष विजय पटेलले बताए ।

विगतमा सय/दुई सयको राजश्व तिर्न त्यो भन्दा बढि पैसा र समय खर्चेर महानगरको कार्यालयमा धाउनुपर्ने समस्याको समाधानका लागि वडाबाटै सबै सेवा दिने उदेश्यले प्रविधिमैत्री वडा बनाउन लागिएकोले सोहि अनुसारको सेवा दिन नगर प्रमुख राजेशमान सिंहले निर्देशन दिनुभएको थियो ।

वीरगञ्ज महानगरपालिकाले वडा बाट प्रदान गरीने सेवालाई डिजिटल बनाउनका लागि १ देखि ३२ सम्म वडामा कार्यरत कर्मचारीलाई ५ दिने अनलाइन सफ्टवेयर तालिम दिएको थियो ।
तालिमा एकिकृत सम्पत्ती कर, राजश्व, घटना दर्ता दस्तुर र अन्य सिफारीस दस्तुरको शुल्क वडाबाटै डिजिटल रुपमा काट्न सिकाईएको थियो  ।

चुहावट नियन्त्रणका साथै तथ्यांकहरु डिजिटलाइज गर्न कम्प्युटर प्रणाली जरुरी रहेकाले महानगरका प्रमुख सिंहको निर्देशनमा सबै वडालाई कम्प्युटर प्रणालीमा जोड्न लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *