Categories समाचार

काठमाडौं विश्वविद्यालयमा अख्तियारको छापा

Advertisement

काठमाडौँ । काठमाडौं विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

मेडिकलका विद्यार्थी भर्ना कार्यक्रममा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियारले विश्वविद्यालयमा छापा मारेको उच्च स्रोतले बताएको छ ।

Advertisement

विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग तोकिएभन्दा बढी रकम लिएको भन्ने विषयमा अख्तियारमा धेरैवटा उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको टोली काठमाडौं विश्वविद्यालय पुगेको हो । टोलिले महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।

Advertisement

यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *