Categories विचार स्वास्थ्य

दुई बच्चाको बीचमा कति समयको फरक राख्दा राम्रो हुन्छ?

Advertisement

वीरगन्ज । दुई बच्चाको बीचमा कति समयको फरक राख्दा राम्रो हुन्छ? दुई बच्चा अर्थात् दुई गर्भको बीचमा हुने समयलाई जन्मान्तर पनि भनिन्छ। जन्मान्तर विभिन्न कुराले निर्धारण गर्दछ । आमाको उमेर, पहिल्लो सुत्केरीको प्रकार, सुत्केरीको बेला आएको जटिलता तथा आमाको स्वास्थ्यअवस्थाजस्ता कुराहरुलाई मध्यनजर गर्नुपर्ने हुन्छ। यीमध्ये पछिल्लो सुत्केरी कसरी भयो भन्ने कुराले खास महत्व राख्दछ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित समसामयिक निर्देशिकाहरुमा योनीबाट (बिना चिरफार) सुत्केरी भएको अवस्थामा अर्को गर्भाधान ‘छ’ महिनापछि(कम्तीमा) भनिएको छ। त्यसैगरी चिरफारद्वारा सुत्केरी भएपछाडि कम्तीमा ‘२४’ महिना अन्तर राख्नै पर्ने हुन्छ। यो अन्तर अब आउने गर्भाावस्थाको लागि शरीरलाई पूर्णरूपले तयार गर्न आवश्यक हुन्छ। साथसाथै विभिन्न जटिलताहरू जस्तै पाठेधर च्यातिने, अधिक रक्तस्राव, नवजात शिशुको अल्पविकास हतारमा अर्को गर्भाधान गरेर हुन सक्ने जोखिम हुन्।

Advertisement

कुनै गर्भाव्स्थामा महिलाको सम्पूर्ण शरीरमा आउने शारीरिक, मानसिक, रासायनिक बदलाव पश्चात् पूर्ववत् अवस्थामा फर्किन निश्चित समय लाग्ने हुँदा सो अगावै अर्को गर्भाधान गर्नाले न केवल आमाको तर शिशुको स्वास्थमा पनि प्रतिकूल असर गर्न सक्ने हुनाले जन्मान्तरको महत्व पुष्टि हुन्छ।

Advertisement

उपयुक्त अन्तर राखेर अर्को गर्भाधान गर्दा आउने आर्थिक व्ययभारलाई पनि व्यवस्थापन गर्न सजिलो हुन्छ।

अतः यसको लागि परिवार नियोजन तथा परिवार नियोजनका साधनहरूको जानकारी हुन आवश्यक छ। त्यसकारण, सुत्केरी भएको ४५ दिन पुगेपछि श्रीमान्-श्रीमती दुवैले स्त्रीरोग विशेषज्ञलाई भेटेर आगामी गर्भको समयान्तरका लागि परिवार नियोजनबारे उचित सल्लाह-सुझाव लिनु पर्दछ। अनिच्छित गर्भाधानबाट जोगिनाले आमाको स्वास्थ्यलाई सबल त बनाउंछ नै साथ-साथै आउने गर्भावस्थामा आइपर्नसक्ने जटिलतालाई पनि धेरै हदसम्म कम गर्न मद्दत गर्दछ।

डाक्टर र दम्पति दुवैको हातेमालोबाट नै महिलाको प्रजनन् तथा प्रसूतिस्वास्थ्यको हेरचाह र संरक्षण सम्भव रहने कुरा सबैमा हेक्का हुन जरूरी छ। हाम्रो पात्रो बाट संभार

डा. खुश्बु अग्रवाल

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *