Categories समाचार

धरान बजारमा पानी ल्याउन मेयर साम्पाङ सफल भए

Advertisement

धरान । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् ।

उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।

Advertisement

उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् ।

Advertisement

‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहितका धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *