Categories शिक्षा समाचार

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, प्रथम हुने छात्रालाइ ५ हजार नगर पुरस्कार

Advertisement

वीरगञ्ज ।  ‘विद्यार्थी जीवनमा सामाजिक सञ्जाल’ विषयक वक्तृत्वकला प्रतियोगितामा श्रेया राय प्रथम भएकी छिन् । हण्ड्रेड ग्रुप पर्साले राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा त्रिजुद्ध महाविर प्रसाद रघुबिर राम माद्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा श्रेया राय प्रथम भएकी हुन् । 

हण्ड्रेड ग्रुप पर्साका संयोजक बिक्की सर्राफको अध्यक्षतामा भएको प्रतियोगितामा सुर्जी देवी माविमा कक्षा ९ मा अध्ययनरत छात्र सन्देश वास्तु द्वितिय हुँदा त्रिजुद्ध माविकै दिपक कुमार यादव तृतिय भएका छन् भने सुर्जी देवी माविकी सन्ध्या साह शान्तवना भएकी छिन् । 

Advertisement

प्रथम, द्वितिय, तृतिय र शान्तवना भएकाहरुले क्रमशः ५ हजार नगर, मेडल र प्रमाण पत्र, ३ हजार नगर मेडल र प्रमाण पत्र, १ हजार नगद मेडल र प्रमाण पत्र र मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

Advertisement

बालदिवसको उपलक्ष्यमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासमा सघाउ पुग्ने अभिप्रायले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हण्ड्रेड ग्रुप पर्साका संयोजक बिक्की सर्राफले बताए । 

वीरगञ्जका  ५ वटा सामुदायिक विद्यालयबाट १० जनाले सहभागिता जनाएको प्रतियोगितामा महिला नेतृ एवम् पोखरिया नगरपालिकाकी निवर्तमान उपमेयर सलमा खातुन, सिद्धार्थ इन्टरनेशनल कलेजकी प्रमुख एवम् महिला अधिकारकर्मी डा. सुष्मा तिवारी, साउथ जोन माविका प्रधानाध्यापक सरोज चौधरी र सञ्चारकर्मी सूर्यनारायण वि.क.ले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, युवा अभियानता दिलिपराज कार्की, मानव सेवा आश्रम मधेश प्रदेशका प्रमुख देवेश गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण हण्ड्रेड ग्रुप पर्साका सहसंयोजक राहुल पटेलले गरेका थिए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *