Categories समाचार

वीरगञ्ज महानगरपालिकाको सूचना प्रविधि सल्लाहकारमा युवा उद्यमी अधिकारी मनोनित

Advertisement

वीरगञ्ज । वीरगञ्जका युवा उद्यमी निराजन अधिकारी वीरगञ्ज महानगरपालिकाको सूचना प्रविधि सल्लाहकारमा मनोनित भएका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अधिकारीलाई सूचना प्रविधि सल्लाहकारमा मनोनित गरेका हुन् । 

वीरगञ्ज महानगरपालिकाले सम्पादन गर्ने कार्यलाई अँझै प्रभावकारी बनाउनका लागि अधिकारीको सुझाव र सल्लाह महत्वपूर्ण हुने महानगरपालिकाको विश्वास छ ।

Advertisement

समयको मागअनुसार अब प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने हुँदा लामो समयसम्म सूचना र प्रविधिको क्षेत्रमा कार्यरत अधिकारीले इमान्दारीतापूर्वक कर्तव्य बहन गर्ने मेयर सिंहको बिश्वास छ । 

Advertisement

सल्लाहकारमा मनोनित भएका अधिकारीले महानगरको कामलाई प्रभावकारी बनाउनका लागि आफुले सक्दो पहल गर्ने र आफुलाई दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *