Categories शिक्षा समाचार

श्री ने.रा.सीताराम महतो मा.बि.मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Advertisement

” बालमैत्री समाजको अधार : जिम्मेवार परिवार उत्तरदायी सरकार “भन्ने नारासहित ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा आज पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर -५ भौराटार स्थित श्री नेपाल राष्ट्रिय सीताराम महतो माद्यामिक विद्यालयमा “देश विकासमा विधार्थीको भूमिका” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

बिधालय प्राङ्गणमा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा छ देखि कक्षा दस सम्मका दस जना बिद्यार्थीहरु सहभागी भएका थिए जसमध्ये कक्षा दस का छात्र विपिन कुमार प्रथम कक्षा आठ कि छात्रा सोनि गुप्ता द्वितीय र कक्षा नौ का छात्र सन्दीप कुशवाहा तृतीय भएका छन त्यसै बालकक्षा देखि कक्षा पाँच सम्मका बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसार विभिन्न बालमैत्री खेल खेलाइएको र बिजेताहरुलाई पुरस्कर , सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको विधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिनु भयो ।

Advertisement

बालबालिकाहरुको ब्याक्तित्व विकासका लागि आयोजना गरिएको प्रतियोगिताका निर्णायकमण्डलमा प्रमोद साह,रामधार यादव,गौरीशंकर महतो, मुना साह र दिनेश प्रसाद रहेको जानकारी बिधालयका शिक्षक जयनरेश साहले गराउनु भयो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति विधालय व्यवस्थापन समितिका अध्यक्ष अशोक प्रसाद कुशवाहाले बालबालिका कुनै बीउ भित्र लुकेर रहेको भावी बिरूवा हो, जसलाई राम्ररी हिफाजत गर्न सकेमा मात्र उसले राम्रो फल दिन सक्छ र यस्ता अतिरिक्त कार्यक्रम बालबालिकाको सर्वाङ्गीण विकासका लागि सकारात्मक रहेको लगायतको कुरामा जोड दिनुभएको थियो ।

बिधालय व्यवस्थापन समितिका सदस्य, विधालयका शिक्षक , शिक्षिका , कर्मचारी, बिद्यार्थी लगायतको उपस्थिती रहेका कार्यक्रमको सहजीकरण शिकक्ष संदीप कुमार जैसवालले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *