Categories समाचार

हत्या अभियोगमा जेलमा रहेका एमालेका पूर्व सांसद प्याशी रिहा

Advertisement

वीरगन्ज । तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेलमा रहेका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्याशी रिहा भएका छन् ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार ९९८ जना कैदीलाइ आममाफी र बाँकी कैद सजाय मिनाहा दिएपछि प्याशी सोमबार वीरगन्ज कारागारबाट रिहा भएका हुन् ।

Advertisement

सोमबार दिउँसो कारागारबाट रिहा गरिएका प्याशीलाइ उनका आफन्त र समर्थकहरु दलबल सहित वीरगन्जमा पुगेर स्वागत गरेका थिए । कारगारबाट रिहा भइ निस्किएका प्याीलाइ उनका आफन्त र समर्थकहरुले कारागारको प्रवेशद्वारमै फुलमाला लगाइ दिएका थिए ।

Advertisement

संविधानसभाको दोस्रो निर्वाचनको समयमा बाराको निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका तर्फबाट संविधान सभासद पदमा उम्मेदवारी दर्ता गराएको भोलि पल्ट २०७० असोज १८ गते महमुद आलममाथी परवानीपुरको चावासोती दालमिल अगाडि गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते आलमको २०७० असोज २४ गते काठमाडौंको अस्पतालमा उपचारका क्रममा मृत्यु भएएको थियो।

एमाले निकट मुश्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलम हत्या घटनाको अनुसन्धान गर्न काठमाडौंबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो । लामो समयको अनुसन्धानबाट घटना प्याशीकै योजनामा भएको प्रमाण भेटिएपछि प्रहरीले प्याशीलाई आलमको हत्या भएको तीन वर्ष पछि बाराकै सिमरा स्थित एक होटलबाट पक्राउ गरेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *