Rato Pana
शिक्षा समाचार

श्री शारदा मा बिमा अभिभावकद्वारा छड्के अनुगमन, कोही शिक्षक समयमा आएनन् भने कोही मौखिक बिदामा बसे

Advertise:
Advertise:
Advertise:

श्याम सरार्फ

वीरगन्ज । अभिभावकद्वारा एक सामुदायिक बिधालयमा छड्के अनुगमन गरिएको छ ।

वीरगन्ज महानगरपालिका  वडा नम्बर २४ मा रहेको श्री शारदा माध्यमिक बिधालयमा विभिन्न गाउँबाट भेला भएका अभिभावकको एक समुहले छड्के अनुगमन गरेको हो ।

बिधालय व्यवस्थापन समिति गठनको लागि बिधालयको सभाहलमा अभिभावकको भेला बोलाइएको थियो । जसमा वीरगन्ज महानगरपालिका शिक्षा शाखाका हरी राउत, वडा नम्बर २४ का वडा अध्यक्ष विजय प्रसाद कुर्मी, वडा नम्बर २६ का अध्यक्ष शम्भु मिश्रा र वडा नम्बर २३ का अध्यक्ष अवधकिशोर कुश्वाहाको उपस्थिति रहेको थियो ।

वयवस्थापन समिति गठनको लागि बोलाइएको अभिभावक भेलामा शिक्षक गुटबन्दी  र पढाइ सम्बन्धि धेरै गुनासो आएपछि उपस्थित वडा अध्यक्ष र महानगर शिक्षा शाखाका राउतलाई अभिभावकले अहिले नै बिधालयमा छड्के अनुगमन गर्न अनुरोध गरे र सोही अनुसार वडा अध्यक्ष र महानगरका अधिकारी राउतको रोहवरमा बिधालयमा शिक्षकको उपस्थिति, पढाइको स्तर र बिधार्थीको अनुशासन बारे अनुगमन गरिएको हो ।

कक्षा लागेको एक घण्टा बितिसक्दा पनि कति शिक्षक अनुपस्थित थिए भने अभिभावकको हुल देखेर कतिले अरुको साटो कक्षा लिदै थिए कोही शिक्षक भने मौखिक सुचना दिएर बिदा बसेको जस्तो समस्या देखिएको अनुगमनमा रहेका एक अभिभावकले बताए ।

समयमा उपस्थित नहुने, समय भन्दा पहिलै जाने, मौखिक बिदामा रहेका शिक्षक र दुई तिन दिनको हाजिरी एकैपटक बनाउने शिक्षकलाई तत्काल लिखित स्पष्टीकरण सोधन वडा अध्यक्ष द्वय मिश्रा र कुर्मीले बिधालयका प्रधानाध्यापक दयाकान्त झालाई निर्देशन दिए ।

बिधालय मा स्वास्थ, नेपाली , लेखा र अर्थशास्त्र बिषयको बिषयगत शिक्षकको अभाव रहेको र आफुले पटकपटक महानगर शिक्षा शाखालाइ जानकारी गराएपनि हालसम्म कुनै सुनवाइ नभएको बिधालयका प्रधानाध्यापक झा ले भेलामा जानकारी गराए ।

कुनै जबानामा नमुना बिधालय रहेको शारदा माध्यमिकको अहिले विभिन्न कारणबस स्तर घटदै गएको वक्ताहरूको भनाइ रहेको थियो त्यसैले आनाकानी गर्ने शिक्षकलाई आफ्नो जिम्मेवारी निर्वाह गराउन अभिभावकको सक्रियताले ठुलो भुमिका खेल्ने भएकोले आफ्नो सन्तान पढ्ने बिधालयमा नियमित ध्यान दिन पनि वक्ताहरुले जोड दिएका थिए ।

अनुगमनमा वडा नम्बर २४ का निवर्तमान वडा अध्यक्ष दशरथ राउत कुर्मी, सदस्य रामकेश्वर कुश्वाहा, विरलाल कुश्वाहा, जयविर यादव, श्याम कुश्वाहा, धुरेन्द्र यादव, मुन्ना पटेल सहित ४/५ गाउँका अभिभावक लगायतको सहभागिता रहेको थियो ।

Advertise: Advertise:

Related posts

Leave a Comment