Categories समाचार

भोकमरीले हरेक चार सेकेन्डमा एक जनाको मृत्यु

न्युयोर्क । संसारमा हरेक चार सेकेन्डमा एक जना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् ।

‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै गएको र कारबाहीका लागि सिफारिसहरू भएकोमा आक्रोश व्यक्त गरिएको छ’ एनजीओज फ्ल्याग ग्लोबल क्राइसिस मातहतका गैरसरकारी संस्थाहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘३४ करोड ५० लाख मानिसले अहिले तीव्र भोकमरीको सामना गरिरहेका छन्, यो संख्या सन् २०१९ पछि दोब्बर हो ।’

Advertisement

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विश्व नेताहरूले २१ औं शताब्दीमा कहिल्यै भोकमरी हुन नदिने वाचा गरे तापनि सोमालियामा फेरि भोकमरी आउन थालेको छ । संसारभर ४५ देशहरूमा ५० करोड मानिस भोकमरीको छेउमा छन् ।’ संभार

Advertisement
सांकेतिक तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *