वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा कि एक अपांग बालिकालाई एक थान हवील चेयर सहयोग गरिएको छ ।
लालपर्साका नन्दलाल ठाकुर हजाम कि ८ वर्षिय छोरी रेशमा कुमारीलाइ उपकार सेवा नेपाल संस्थाले एक थान हवील चेयर सहयोग गरेको हो ।
बिगत लामो समय देखी हवील चेयरबाट बंचित गरीब अपांग बालिकका बारे जानकारी पाई सहयोग गरेको संस्थाकि विध्या सरावगीले बताउनु भयो ।
समाजिक कार्यमा सक्रिय रहेका लालपर्सा स्वास्थय चौकीमा कार्यरत अनिशकान्त कुश्वाहाको पहल र समन्वयमा अपांग बालिकालाई हवील चेयर सहयोग गरिएको हो ।








