Categories समाचार

वन मन्त्री यादवद्वारा चिडियाखानाको शिलान्यास, देशकै नमुना चिडियाखाना स्थापना गरिने : मन्त्री यादव

Advertisement

वीरगञ्ज ।  वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास गरेका छन् ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफु पर्साबासी भएपनि देशकै मन्त्री भएको हुँदा सबै प्रदेशमा चिडियाखाना बनाउने बताएका हुन् । 

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले निर्माण गर्न लागेको पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास कार्यक्रममा मन्त्री यादवले आफ्नो वर्षाै पूरानो परिकल्पनाले साकार रुप लिएकोमा खुशी व्यक्त गरे । उनी सम्झिन्छन्, ‘धेरै वर्ष पहिले काठमाण्डौ गएको बेला चिडियाखाना हेर्नका लागि टिकट काटेर लाइन लाग्दा हाम्रो वीरगञ्जमा पनि भइदिए हुन्थ्यो भन्ने कल्पना गरेको थिए । तर आज आफ्नै पहलमा आफैले शिलान्यास गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरीरहेको छु ।’ 

Advertisement

वीरगञ्जमा पर्यटकका लागि आकर्षि गर्न सक्ने गन्तव्यको अभाव महसुस गर्दै देशकै नमुना चिडियाखानाको रुपमा स्थापना गर्ने योजनाले मुर्त रुप पाएको मन्त्री यादवले बताए । अब वीरगञ्जमा आउने पर्यटकलाई अँझै धेरै दिनसम्म राख्नका लागि प्राणी उद्यान कोशेढुङ्गा सावित हुनुका साथै यसले यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने मन्त्री यादवको बिश्वास छ । 

Advertisement

मन्त्रालयको जिम्मेवारी पाउने बित्तिकै आफुले विज्ञको टोली गठन गरेर अध्ययन एवम् सर्वेक्षणपछि प्रतिवेदन तयार पारेको स्मरण गर्दै अर्थ मन्त्रालयबाट बजेट बिनियोजन गराएपछि मात्रै शिलान्यास गर्ने अवस्था आएको उनले जानकारी गराए । 

सोही अवसरमा मन्त्री यादवले भाठादेखि ठोरीसम्म केबलकार जडान गर्ने कामको सर्वेक्षण पनि अन्तिम चरणमा रहेको जानकारी दिए । वीरगञ्ज आउने पर्यटकलाई रामवनको चिडियाखाना घुमाउँदै केबलकारमार्फत भाठाधाम देखि ठोरीसम्म पु¥याएर पर्सा राष्ट्रिय निकुञ्ज घुमाउने गरी बसाल्ने तयारी रहेको उनले बताए । 

सरकार र निजी साझेदारीको सहकार्यमा केबुलकार बनेपछि त्यसले पनि पर्यटकलाई आकर्षित गर्ने र पर्यटन व्यवसायको विकास हुने मन्त्री यादवको दावी छ । पिछडिएका बारा र पर्सा जिल्लाको चौतर्फी विकासका लागि सबैको सहकार्य र हातेमालोको आवश्यक्ता औँल्याउँदै उनले चिडियाखानाको सपनालाई साकार पार्न जग्गा दान गर्ने जग्गादातादेखि वन मन्त्रालयका कर्मचारी, अर्थमन्त्री, मधेश प्रदेश सरकार, वीरगञ्ज महानगरपालिकाका लगायतप्रति आभार प्रकट गरेका छन् । 

पर्सा प्राणी उद्यान (चिडियाखाना) शिलान्यास कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाल, मधेश प्रदेशका प्रदेश सभा सदस्यत्रय जन्नत अन्सारी, करिमा बेगम, भिमा यादव, जितपुर सिमरा उपमहानगरपालिका प्रमुख राजन केसी, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण बिष्ट, बारा, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख  लगायतको उपस्थिती रहेको थियो ।  

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *