वीरगन्ज । विहेमा ४० लाख नगद र १० तोला सुन दिएकै थियौ तर पछि फेरि कार माग्न थाले , त्यहि कार दिन नसक्दा मेरी बहिनीलाइ कुटी कुटी मारिएकी पिंकी कुर्मीकी दिदी सपना गुप्ता भन्छिन् । पति, ससुरा र सासुको कुटपिटबाट बहिनीको ज्यान गएको गुप्ताले पत्रकार सम्मेलनमा बताइन् ।
चितवनको भरतपुर महानगरपालिका १ की पिंकीको विहे बाराको कलैया उपमहानगर १ मोतीबागका दिपेन्द्र कुर्मीसंग २०६७ मंसिर १४ मा सामाजिक परम्परा अनुसार धुमधामसंग नै भएको थियो । विहेका बेला दाइजोमा माइतीले ४० लाख नगद र १० तोला सुन पनि दियो ।
तर विहे भएको ८/१० महिना नबित्दै दिपेन्द्रले कार पनि चाहियो भन्दै पत्नि पिंकीलाइ तनाव दिन थाले । तर पिंकीले माइतीले कार दिन सक्ने हैसियत नभएको भन्दै पतिको प्रस्तावलाइ टार्दै आइन् । त्यसपछि पिंकीले जब पहिलो सन्तानका रुपमा छोरी साँचीलाइ जन्म दिइन् त्यसपछि परिवारका सदस्यले त्यसको निहुमा झन धेरै मानसिक र शारिरिक यातना दिन शुरु गरे ।
एकातरि दाइजोमा कारको माग अनि अर्को तिर छोरी जन्माएको निहुमा यातना थपिदै गएपछि आजित पिंकीले घरमै एक पटक आत्महत्याको प्रयास पनि गरिन् । तर छिमेकीले बेलैमा थाहा पाएर उनको सकुशल उद्धार गरे । त्यति हुदा समेत परिवारका सदस्यबाट यातना दिने क्रम रोकिएन ।
बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले भने यो घटनाको अनुसन्धान र कारबाही प्रकृयामा प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने बताए । बोगटीले भने ,‘ आरोपित मध्येका १ जना प्रहरी हिरासतमै छन् , बाँकी ३ जना कृयामा बसेका कारण नियन्त्रणमा लिन नमिलेको हो , हिरासतमा रहेका व्याक्तिको बयान पनि लिइरहेका छौं , उसको बयानबाट पनि थप कुराहरु खुल्न सक्छ ।
प्रहरी उपरिक्षक बोगटीले मृतक पिंकी पहिले देखि नै घरेलु हिंसाबाट पिडित भएको उजुरी प्रहरीमा परेकोले ती सबै फाइलहरुका बारेमा पनि अनुसन्धान भइरहेको बताए ।
उनले भने ,‘ यो घटनामा प्रहरीको तर्फबाट गरिनु पर्ने अनुसन्धान हामीले एकदमै संवेदनशील भएर गरिरहेका छौ , त्यसैले प्रहरीको भुमीकामा कसैले कुनै शंका नगरे हुन्छ ।








