Categories समाचार

जनमत पार्टीद्वारा राष्ट्रपति भण्डारी बिरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

Advertisement

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

नागरिकता विद्येयक पारित नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपतिले लाखौँ नागरिकता लिन योग्य नागरिकहरुलाई पनि बञ्चित गराएको भन्दै आन्दोलन घोषणा गरेको हो ।

Advertisement

शुक्रबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो ।

Advertisement

आन्दोलन अन्तर्गत असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने कार्यक्रम छ ।

त्यस्तै असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको जनमत पार्टीले जनाएको छ ।

त्यस्तैगरी जनमत पार्टीले सत्ता गठबन्धनबाट किसानहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *