Categories समाचार समाज

नवजात शिशुको शव फेला

Advertisement

जनकपर । सिराहाको गोलबजरमा नाला (ढल)मा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने सालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले बताए ।

Advertisement

अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोक लाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *