Categories समाचार

वीरगंज : चट्यांग लागेर १ को मृत्यु, चार जना घाइते

Advertisement

वीरगंज । वीरगंजमा चट्यांग लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

आज बिहान करिब ७ बजे चट्यांग लागेर वीरगंज वडा नम्बर २ छपकैयाका १६ वर्षिय किशोर सिद्धान्त ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

Advertisement

छपकैया पोखरी नजिकै खेलीरहेको अवस्थामा ढुंगानालाई चट्यांग लागेको थियो ।

Advertisement

चट्यांग लागेर स्थानिय ४ जना किशोर घाइते भएको र उनीहरुको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *