Categories समाचार

सिमरामा १८ करोड रुपैयाँ लागतमा निर्माण भएको सिनेमा हल सञ्चालनमा

Advertisement

वीरगञ्ज । बाराको सिमरामा केएसआर मुभिज नाममा सिनेमाघर सञ्चालनमा आएको छ । १८ करोड रुपैयाँको लागतमा निर्माण भएको सिनेमा हल सोमबारदेखि सञ्चालनमा आएको हो ।

फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गर्दै हलको शुभारम्भ गरिएको थियो । सिमराका व्यवसायी कासिम मियाँ, रोसिद उन्निथान, राजन उप्रेती र सुदीप लामाको उक्त सिनेमाघरमा लगानी रहेको छ । केएसआर मुभिज सिमराकै पहिलो सिनेमा हल हो । सिनेमा हल अब नियमित रुपमा सञ्चालनमा आएको सञ्चालक उप्रेतीले बताए ।

Advertisement

फिल्म हल नहुँदा यसअघि सिमरा र आसपासका क्षेत्रका बासिन्दालाई फिल्म हेर्न वीरगन्ज वा हेटौंडा पुग्नुपर्ने बाध्यता थियो । दुईवटा स्क्रिन सहितको आधुनिक सुविधा सम्पन्न सिनेमाघर सञ्चालनमा आएपछि सिमरामै फिल्म हेरेर मनोरञ्जन लिन सकिने भएको छ ।

Advertisement

अभिनेता प्रदीप खड्का सहित ‘प्रेमगीत ३’ को टोली, पूर्वश्रममन्त्री किसान श्रेष्ठ, निवर्तमान प्रदेशसभा सदस्य शोभा लामा, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, हास्य कलाकार किरण केसी, सन्दीप क्षेत्री लगायतले संयुक्त रुपमा सिनेमाघरको उद्घाटन गरेका थिए ।

अभिनेता खड्काले राजधानी बाहिर सुविधा सम्पन्न सिनेमाघर सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *