Categories धर्म/संस्कृति समाचार

दसैंको चौथो दिन : कुष्माण्डा देवीको पूजाआजा गरिँदै

काठमाडौँ । हिन्दू धर्मलम्बिहरुको  महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ ।

‘कुत्सितः ऊष्मा कूष्मा त्रिविधतापयुतः संसारः स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डाः’ अर्थात् तीन प्रकारका तापले युक्त विश्व ब्रह्माण्डलाई जसले आफ्नो उदरमा धारणा गरेको छ, ती भगवती कुष्माण्डाका नामले स्थापित छिन्।

Advertisement

चौथो दिनमा विधिपूर्वक स्थापित देवताहरूको नित्य पूजा गरी नवदुर्गाको प्रतिमामा कुष्माण्डा नाम गरेकी देवीको पूजन गरिन्छ। कुष्माण्डको अर्को अर्थ हुन्छ कुभिन्डो जुन देवीको पूजामा बलिका लागि नभई नहुने फल हो। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

Advertisement

अहमखिलं जगत् अर्थात् सारा विश्व ब्रह्माण्डमा व्याप्त स्थावर जङ्गमको दृश्य स्वरुपा म नै हुँ। जीवले गुप्त रुपमा गर्ने कृत्याकृत्य कर्मको साक्षी स्वरुपा पनि मैं हुँ। मभन्दा पर त्यस्तो भिन्न शक्ति कोही छैनन्, सबै ममा नै व्याप्त छन्। यी वचनहरू देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ।

जीवित शक्तिका रुपमा अणिमादि गरिएका गुण र अकारादि गरिएका अक्षरले युक्त अनन्त शक्ति स्वरुपा सबै कामनाहरू पूर्ण गर्ने कामाक्षी नाम गरेकी देवीको प्रतीकका रुपमा पञ्चम वर्षले युक्त कन्यालाई कामाक्षीका नामले पूज्दै मधुपर्क, सौभाग्य, आभूषण प्रदान गर्दै चतुर्थ दिवसको दुर्गा पूजन कार्य समापन गरिन्छ।

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *