Categories समाचार

दशै तिहार एवम् छठ पर्वको समयमा सवारी दुर्घटना न्युनिकरण गर्न सचेतना कार्यक्रम

Advertisement

वीरगञ्ज ।  चाडवाडको समयमा हुन सक्ने सवारी दुर्घटनाका सम्बन्धमा सवारी चालक एवम् यात्रुहरुलाई वीरगञ्जमा सचेत गराइएको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय पर्साले लामो तथा छोटो दुरीका सवारी साधनका चालक तथा यात्रुहरुलाई दशै तिहार एवम् छठ पर्वको समयमा सवारी दुर्घटना न्युनिकरण गर्न सचेतना फैलाएको हो ।

पहिलो पाइला नेपाल वीरगञ्ज र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सयुँक्त सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बसपार्कमा सचेतना फैलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहालले जानकारी दिए । 

Advertisement

सवारी चालकहरुलाई जथाभावी ओभरटेक नगर्न, तिव्र गतिमा सवारी नचलाउन, सडक लेन अनुशासनको पालना गर्न, सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मापसे नगर्न लगायतका सुझाव दिइएको छ । साथै जनचेतनामुलक सन्देश लेखिएका पर्चा तथा पम्पलेट समेत ४ सय जनालाई वितरण गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । 

Advertisement

विभिन्न सन्देशमुलक स्लोगन लेखिएका ५० वटा स्टिकर पनि सवारी साधनमा लगाइएको छ । सो अवसरमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटा, पहिलो पाईला नेपाल वीरगञ्जका अध्यक्ष निश्चल प्रजापती सहित विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् चालक तथा सहचालकसँगै यात्रुहरुको उपस्थिती रहेको थियो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *