Categories शिक्षा समाचार

महानगर भित्रका विधालयमा सुचना अधिकारी तोक्न महानगरको निर्देशन

Advertisement

पर्सा । वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका विधालयमा सुचना अधिकारी तोक्न निर्देशन दिएको छ ।

महानगरपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गर्दै महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विधालयहरुमा एक जना सुचना अधिकारी तोक्न निर्देशन दिएको हो ।

Advertisement

शिक्षा विकास तथा समन्वय इकाइ पर्साले असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विधालयमा सुचना माग्दा सुचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरिएकाले महानगरपालिकाले हरेक विधालयमा एक जना सुचना अधिकारी तोक्न विधालयलाइ निर्देशन दिएको हो ।

Advertisement

बिहीबार सूचना जारी भएको मितिले सात दिन भित्र (दशैं विदा बाहेक ) विधालयमा सुचना अधिकारी तोकेर सोको बारेमा लिखित जानकारी गराउन पनि महानगरपालिकाको कार्यालयले अनुरोध गरेको छ ।

विशेष गरि नीजी विधालयमा अभिभावकहरु शुल्क वृद्धि लगायतका गुनासो लिएर जादा विधालय प्रशासनले सहज सहज रुपले सुचना दिनुको सट्टा उल्टै धाकधम्की दिनुका साथै दुव्र्यवहार गरेका घटना केहि महिना यता सार्वजनिक भइरहेका छन् । यस्तै सामुदायिक विधालयहरुमा पनि सहज सुचना पाउनने स्थिती देखिएको छैन ।

अभिभावकहरुबाट यस बारेमा व्यापक गुनासा आउन थालेपछि महानगरले सुचना जारी गरेर हरेक विधालयमा एक जना सुचना अधिकारी तोक्न र सहज रुपमा सुचना उपलब्ध गराउन आग्रह सहितको निर्देशन दिएको महानगरका मेयर राजेशमान सिंहले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *