Categories शिक्षा समाचार

दसैं लगत्तै वीरगन्जका सरकारी विधालयहरुको सुधारमा लाग्छौ : मेयर सिंह

Advertisement

पर्सा । वीरगन्ज महानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुको अवस्था अध्ययन गर्न गठित उपसमितिले आफनो प्रतिवेदन महानगरपालिकामा बुझाएको छ ।

महानगरको शिक्षा समितिले गठन गरेको उपसमितिले २ हप्ता लगाएर गरेको स्थलगत निरीक्षण पछि तयार पारिएको प्रतिवेदन बिहीबार मेयर राजेशमान सिंहलाइ बुझाएको हो ।

Advertisement

महानगरमा रहेका सामुदायिक विद्यालयहरुको भौतिक अवस्थाको अध्ययन गर्न महानगरको शिक्षा समितिले प्रदीप केडियाको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो । उक्त उपसमतिले महानगरका ९० वटै सामुदायिक विधालयमा पुगेर त्यहाको भौतिक र शैक्षिक अवस्थाका बारेमा स्थलगत निरिक्षण गरेको थियो ।

Advertisement

स्थलगत निपरक्षणका क्रममा धेरै जसो सामुदायिक विद्यालयहरुमा विधार्थीलाइ बस्ने डेस्कबेञ्चकै अभाव रहेको पाइएको उपसमितिकी सदस्य डाक्टर सुष्मा तिवारीले बताएकी छन् ।उनका अनुसार , महानगरका सामुदायिक विद्यालयहरुलाई १ हजार ८ सय ७५ सेट डेस्कबेञ्चको अभाव रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।डेस्कबेञ्च अभावमा विद्यार्थी एउटै डेस्कबेञ्चमा कोचिएर बस्नु पर्ने समस्या रहेको तथा केही ठाउँमा भुईँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको देखिएको तिवारीको भनाइ छ ।

मेयर सिंहलाइ प्रतिवेदन बुझाउँदै उपसमितिका संयोजक केडियाले महानगरका सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि प्रतिवेदनमा समेटिएका समस्या सुधार गर्नुपर्नेमा जोड दिए ।स्थलगत निरीक्षणका क्रममा बजार क्षेत्रमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा भवन तथा कक्षाकोठाका साथै डेस्कबेञ्चको अभाव देखिएको समितिकी सदस्य तिवारीले बताइन् ।

महानगरकै ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा भने कक्षाकोठामा जस्तापाता लगाउनुपर्ने, झ्यालढोका मर्मत गर्नुपर्ने, शौचालय, पिउने पानी, पंखा अभाव जस्ता समस्या भेटिएको उनले बताइन् ।

उपसमितिले दिएको प्रतिवेदनमा ६१ वटा नयाँ कक्षाकोठा निर्माण गर्नुपर्ने, ७१ वटा कक्षाकोठा मर्मत गर्नुपर्ने, २३ वटा शौचालय निर्माण गर्नुपर्ने, ५ वटा शौचालय मर्मत गर्नुपर्ने र ४ सय १९ वटा पंखा जडान गर्नुपर्ने आवश्यकता रहेको उल्लेखछ ।

यस्तै १ सय ३२ वटा झ्याल ढोका बनाउनुपर्ने, १३ वटा कोठामा जस्तापाता छाउनुपर्ने, १९ थान चापाकल जडान गर्नु पर्ने, १४ वटा विद्यालय मैदानमा माटो पुर्नु पर्ने लगायतका समस्या प्रतिवेदनमा देखाइएको छ ।

उपसमतिको प्रतिबेदन बुझ्दै मेयर सिंहले सामुदायिक विद्यालय सुधारका लागि उसमितिले औँल्याएको समस्या समाधानका लागि दशैँ लगत्तै विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।कतिपय विद्यालयमा शिक्षक नियमित नआउने, आर्थिक अपारदर्शीता, न्यून विद्यार्थी संख्या जस्ता समस्या पनि देखिएकाले त्यसलाई पनि सम्बोधन गर्ने गरी काम गरिने मेयर सिंहले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *