Categories समाचार

ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको कार्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न

Advertisement

पर्सा । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँ ले आज नव निर्मित ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको कार्यालय भवनको उद्घाटन गरेका छन । पर्साको कालिकामाई गाउँपालिकाको बिरंचीबर्वामा निर्माण भएको ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको नवनिर्मित भवनको उद्वघाटन एक समारोका बिच प्रमुख अतिथी रहनु भएका मधेश प्रदेश प्रहरी प्रमुख खाँले बिधवत रुपमा पुजापाठ गरि उद्वघाटन गरेका हुन ।

संघिय सरकारबाट २ करोड ३२ लाख ९२ हजार ३ सय २४ रुपैयाँ रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, थुनुवा कोठा,ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष ,प्रमुखको कोठा, कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्सघरको निर्माण भएको हो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खाँ ले भने प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो ।

Advertisement

मधेश प्रदेशमा भारत संग जोडिएक्को सिमा नाका हो खुला सिमा नाकाको गलत तत्वका मान्छे हरुले फाईदा उठाउन सक्ने भएकोले सिमा नाकामा अपराध र चोरी तस्करी नियन्त्रण गर्न मा आफ्ना मातहतका सुरक्षाकर्मी हरुलाई निर्देशन दिनुभएका छन। प्रहरी बर्दीको नागरिक हुन भने , नागरिक बिना बर्दीको प्रहरी हुन। अपराध र चोरी तस्करी रोकनमा जनसमुदायको सहयोग महत्त्वपूर्ण रहेको बताउनु भयो।

अहिले हिन्दुहरुको महान पर्वको रुपमा चलिरहेको बिजयादशमी, दिपावली , तथा छठको मध्यनजगरी सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा बताउनुभयो । ईलाका प्रहरी कार्यालय कालिकामाईको नवनिर्मित भवनको उद्वघाटन कार्यक्रममा विशिष्ट अतिथी कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता , जिल्ला प्रसाशन कार्यालय पर्साका सहयक प्रमुख जिल्ला अधिकारी अध्यकान्त पौडेल,नेपाली सेना प्रमुख दयान्नद कार्की,पर्सा प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रकाश पोख्रेल , अनुसंधानका सहायक प्रमुख दिपक खडका, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ईप्रका पोखरियाका प्रनि आयुष प्रसाद जोशी लगायतले मन्तव्य राखेका थिए ।

उद्वघाटन कार्यक्रममा वडा अध्यक्ष जयनारयण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह, लालबाबु चौरसिया, पुर्व वडा अध्यक्ष पवन तिवारी लगायत जनप्रतिनिधि ,कर्मचारी र स्थानिय हरुको सहभागिता रहेको थियोे।

कार्यक्रम सन्चालन विर्ता वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक बिशाल मलले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *