Categories समाचार

वाइसीएलद्वारा पैदल यात्री शेख मुन्ना सम्मानित

Advertisement

पर्सा । वाइसीएल नेपाल पर्सा समन्वय समिति द्वारा २२ दिन लगाएर ११ सय किलोमिटर पैदल यात्रा गरेर फर्केका पैदल यात्री शेखलाइ सम्मान गरिएको छ ।

वीरगञ्ज देखि भारतकाे राजधानी दिल्ली सम्म पैदल यात्रा तय गरी किर्तिमान कायम गरेको भन्दै वीरगंज २ छपकैया निवासी यूवा शेख मुन्नालाई एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ।

Advertisement

संयोजक दिपेन्द्र सिँह पटेलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सन्तोष पटेल थिए। अतिथिमा महेश पटेल, रामबाबू मंडल, रामाधार पटेल रहेका थिए। कार्यक्रम काे उदघोषक सुनिल रौनियार ले गरेका थिए।

Advertisement

शेख मुन्नाले पर्सा जिल्लामा पहिलाे चोटी कुनै पार्टीले आफुलाइ यसरी सम्मान गरेको बताउदै अहीले सम्म कुनै पनि विधायक, सांसद, मन्त्री, मुख्य मन्त्रीले फोन गरेर समेत बधाई नदिएको भन्दै गुनासो पोखे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *