पर्सा । वीरगन्जमा लागेकाे दशैं मेलामा दि हन्ड्रेड ग्रुप पर्सा द्वारा दुई दिन नि:शुल्क स्वास्थ शिविर सन्चालन गरिएको थियो ।
प्रसिद्ध शक्तिपीठ गहवामाइ मन्दिर र बजार क्षेत्रमा लागेकाे दशैं मेलामा आएका भक्तजन र दर्शनार्थीहरुकाे सेवाका लागि निशुल्क स्वास्थ्य शीवीर सन्चालन गरिएको थियो ।
मेला घुम्न र मन्दिरमा दर्शन गर्न आएकाहरु मध्ये कसैलाई अचानक स्वास्थ्यमा आएको समस्या तत्काल समाधानका लागि शीवीरमा चिकित्सक र नि:शुल्क औषधी सहितको व्यवस्था गरिएकाे ग्रुपका अध्यक्ष विक्की सरार्फले बताए ।
ग्रुपका उपाध्यक्ष राहुल पटेलको व्यवस्थापनमा भएको सो कार्यक्रममा स्वास्थ्यकर्मी डाक्टर मृगेन्द्र कु. सिंह यादव, डाक्टर वेद प्रकाश कुशवाहा र डाक्टर अरुण पटेलले स्वास्थ्य सेवा दिएका थिए ।
अध्यक्ष सरार्फको अध्यक्ष्तामा भएको सो कार्यक्रममा विकास कुमार गुप्ता, भगवानबाबु प्रसाद कानु, निराजन गुप्ता, अनिल कुमार साह, दिपेस साह, जितेन्द्र गुप्ता, दानिस अंसारी र समीर असारी लगायतको उपस्थिति रहेको थियो ।








