वीरगन्ज । बारामा आज बिहान भएको बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृतकमध्ये ८ जना पुरुष र ६ जना महिला रहेका छन् ।
चितवनको नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६–००१ ख ०११० नम्बरको बस आज बिहान साढे १० बजेतिर बाराको अमलेखगन्जमा दुर्घटना भएको हो ।
पुलबाट खोलामा खसेको बसमा बसमा करिब ५० जना यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । तीमध्ये १४ जनाको मृत्यु भएको र करिब २ दर्जन यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये केहीकाे अवस्था चिन्ताजनक छ ।
दुर्घटनाको खबर पाएलगत्तै उद्धारका लागि प्रहरी टोली खटाएको छ । घाइतेलाई उपचारका लागि हेटौंडा र बाराकै विभिन्न अस्पतालमा लगिएको थियो । हेटौंडा अस्पतालमा लगिएका घाइतेमध्ये १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी भने हेटौंडाकै सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये १ जनाको मृत्यु भएको छ भने अर्को चुरेहिल अस्पतालमा लगिएका ९ जनामध्ये १ को मृत्यु भएको हो । मृतकहरुको खनाखत हुन सकेको छैन ।








