Rato Pana
Image default
विचार समाचार

टिकटको लागि दलबदल र कित्ता परिवर्तनले राजनीति व्यापार बन्यो : बाबुराम

Advertise:Advertise: Advertise:
Advertise:

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा डा. बाबुराम भट्टराईले निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिँंदै गएको बताएका छन् ।

उनले समाजिक सञ्जाल मार्फत टिकटको लागि दलबदल र कित्ताकाट फगत व्यापार भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्। ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ । एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’ संभार

Advertise: Advertise:

Related posts

Leave a Comment