Categories समाचार

स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलले विविध कार्यक्रम गर्ने

Advertisement

वीरगन्ज । प्रभु हस्पिटलले आफनो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपिडि छुट सहितको साता व्यापी कार्यक्रमहरु गर्न लागेको छ । वीरगंजको पानीटंकीमा रहेको प्रभु हस्पिटलले वृक्षा रोपण, शैक्षिक सामाग्री वितरण, पाठेघर क्यान्सरको जचेतना सहित रक्तदान कार्यक्रम लगायतको कार्यक्रमहरु गर्न लागेको छ ।

स्थापना दिवसको अवसरमा आज वृक्षारोपण कार्यक्रम त्यसैगरी सोमबार न्यूरो ओपिडी, मंगलबार अर्थो, बुधबार पेडिया डेन्टिरस, विहिबार फिजिसियन कार्डो, शुक्रबार गाईनो र सर्जन ओपिडिमा ५० प्रतिशतको छुट सहितको सुविधा विरामीहरुका लागी दिन लागेको जनाएको छ ।

Advertisement

हस्पिटलको स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर र असन्तुलित हर्मोन सम्बन्धी जनचेतनाको साथै चाडपर्व र डेङ्गु रोगको प्रकोपलाई लक्ष्ति गर्दै शनिवार वृहत रक्तदान कार्यक्रम गर्न लागेको हस्पिटलका संचालक डा. मनोज गुप्ताले जानकारी गराएका छन् ।

Advertisement

खासमा उमेर बढेसंग महिलामा हुने असन्तुलित हर्मोनको कमि र पाठेघरको क्यान्सरबारे मधेश प्रदेशमै जनचेतनाको कमि भएकाले त्यसबारे जानकारीका लागी जनचेतना लगायतको कार्यक्रम गर्न लागेको हस्पिटलकी बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी गराएकी छिन् ।

स्थापना दिवसको अवसरमा आज हस्पिटल अगाडी भएको वृक्षारोपण कार्यक्रममा वडा नं. ८ का पुर्व वडा अध्यक्ष राजकिशोर गुप्ता, हालका वडा सदस्य गफार अन्सारी, टोल सुधार समितिका अध्यक्ष संजय श्रीवास्तव, मिना बजार सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बासु सहनि, उपाध्यक्ष प्रवेज सरार्फ, कोषाध्यक्ष रामाधार सरार्फ, हस्पिटलका संचालकद्वय डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा गुप्ता, सामाजिक अभियन्ता दिलिप राज कार्की लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *