Categories समाचार

रक्सौल–वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात आईसीपीबाट मात्रै हुने

Advertisement

वीरगन्ज । सरकारले वीरगञ्ज नाकामा डस्टी कार्गोको उचित व्यवस्थापन नगर्दा विगत ५ वर्षदेखि आयातकर्ताले अनेक समस्या झेल्दै आएका छन् ।

भारतीय भन्सारले सूचना निकालेर यही असोज ३० देखि रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै आयातनिर्यात एकीकृत जाँच चौकी (आईसीपी)बाट मात्रै हुने बताएपछि आयातकर्ता फेरि अप्ठ्यारोमा परेका हुन् ।

Advertisement

भारतीय भन्सारको पटना कार्यालयले निकालेको सूचनामा अब रक्सौल भन्सारबाट आयातनिर्यात नहुने उल्लेख छ । यो नाकाको सम्पूर्ण आयातनिर्यातलाई आईसीपीमा सार्न सूचना निकालिएको हो । 

Advertisement

भारतीय भन्सारले असोज २१ मा निकालेको सार्वजनिक सूचनामा यही बुधवारदेखि रक्सौल भन्सारका लागि सिपिङ बिल, बिल अफ इन्ट्रीलगायत कागजात नबनाउन भनिएको छ ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *