Categories समाचार

निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

Advertisement

वीरगन्ज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्तासँगै चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिए।

Advertisement

उनले आगामी निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीसहित झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।

Advertisement

निर्वाचन प्रक्रिया सुरु भएसँगै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। 

मन्त्रालयले निर्वाचन सुरक्षा बलियो बनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी शान्तिसुरक्षा प्रभावकारी बनाउन निर्देशन दिएको छ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई जारी गरेको परिपत्रमा निर्वाचनमा सहभागी राजनीतिक दलबीच चुनावी अभियानका क्रममा झडप हुन सक्ने भएकाले उच्च सावधान अपनाउन निर्देशन दिएको छ।

साथै निर्वाचनमा प्रतिस्पर्धा गरेका राजनीतिक दलको चुनावी अभियान र चुनावी सभा एकै स्थानमा नपर्ने गरी व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ।

गृह मन्त्रालयले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन तथा नागरिकको आवतजावतलाई सहजीकरण हुने गरी सुरक्षा तथा सवारीसाधनको व्यवस्थापन मिलाउन परिपत्रमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *