Categories अर्थ समाचार

हुन्डी कारोबार नियन्त्रण गर्न कार्यदल गठन

Advertisement

वीरगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र दक्षिण कोरियाबाट नेपालतर्फ भइरहेको हुन्डी कारोबारलाई निरुत्साहित गर्न कार्यदल गठन गरेको छ। पछिल्लो समय इजरायल र कोरियाबाट ठूलो मात्रामा रकम हुन्डीमार्फत आउन थालेपछि नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयलाई सहजीकरण गर्न कार्यदल गठन गरिएको हो।

इजरायलमा कार्यरत नेपाली श्रमिकले हुन्डीमार्फत पैसा पठाउन थालेपछि त्यहाँस्थित नेपाली दूतावासले चासो व्यक्त गर्दै हुन्डीमार्फत नेपाल पैसा नपठाउन अनुरोध गरेको छ ।

Advertisement

इजरायलबाट बढ्दै गएको हुन्डी कारोबारका सम्बन्धमा कारोबार दैनिकले माग गरेको सूचनामा इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले हुन्डी इजरायलबाट मात्रै नभएर संसारभरबाट नेपालमा पैसा पठाउने माध्यम बनिरहेको जनाएको छ। दूतावासले हुन्डी कारोबार बढ्दै गइरहनु थप दुःखको कुरा रहेको जनाएको छ।

Advertisement

यो समाचार कारोबार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *