Categories समाचार

छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

Advertisement

वीरगन्ज । वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ। पर्साको धोबिनी गाँउपालिका- ३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगन्ज महानगरपालिका- ९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो। 

वीरगन्ज-२६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु भएको हो। 

Advertisement

यस्तै वीरगन्ज-८ बसपार्कस्थित स्थानीय सत्रुधन सर्राफको घरको छाना सरसफाइ गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए। घाइते साहलाई उपचारका लागि आशाराम अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *