Categories प्रविधि समाचार

के हो त फेसबुकका फलोअर्स घट्नुको कारण ?

Advertisement

काठमाडौं । बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९५ मात्र बाँकी रहे ।

जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् ।

Advertisement

फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घटेका हुन् । तर फलोअर्स घट्नुका कारणका बारेमा फेसबुकले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

Advertisement

फेसबुकले यसअघि फेक अकाउन्ट डिलिट गर्ने अभियान सुरु गरेको थियो । त्यसरी फेक अकाउन्ट डिलिट गर्दा लाखौँ फलोअर्स भएका पेजबाट केही हजार फलोअर्स घट्नु स्वभाविक भएको फेसबुकले नै बताएको थियो ।

तर अहिले करोडौं फलोअर्स भएका जुकरबर्गकै फलोअर्स ९ हजार ९९५ मा झर्नुको कारण भने बग नै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अनलाइन खबर

संभार
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *