Categories समाचार

९ किलो ५ सय ग्राम चरेस सहित २ युवक पक्राउ ।

Advertisement

पर्सा । वीरगन्जबाट प्रहरीले लागु पदार्थ चरेस सहित २ युवकलाइ पक्राउ गरेको छ । प्रहरीले ९ किलो ५ सय ग्राम चरेस सहित वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का १९ बर्षिय करण राय र त्यहि ठाँउका २० बर्षिय राज चौरसीयालाइ पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज ८ रेल्वे रोडमा बुधबार दिउँसो सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रम्मा रायले बोकेको झोला खानतलाशी गर्दा ९ केजी ५ सय ग्राम चरेस बरामद भएको थियो विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

Advertisement

पक्राउ परेका रायले दिएको बयानका आधारमा चरेस ओसारपसार संलग्न चौरसीयालाइ पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए । चरेस सहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको बस्नेतले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *