Rato Pana
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एकै वडाका चार खेलाडी छनौट

वीरगन्ज । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाराको एकै वडाको चार खेलाडी छनौट भएका छन ।

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालका शारीरिक सुगठनमा २ जना र भारोतोलनमा २ जना छनौट भएका हुन ।

शारिरिक सुगठनमा करण यादव र शनि आलम छनौट भएका छन भने भारोतोलनमा आशिक आलम र सेराजुदिन हवारी छनौट भएको खेलकुद बिकाश समिति बाराका कार्यालय प्रमुख प्रदीप शर्माले जानकारी दिए ।

उनका अनुसार छनौट भएका चार जना खेलाडी भोलि २८ गते खेलकुदमा भाग लिनेछन ।

सम्वन्धित समाचार

Leave a Comment