Categories समाचार

सशस्त्रका असई यादवको हत्या प्रकरण थप पेचिलो बन्दै, सहकर्मीकै संलग्नताको आशंका

Advertisement

काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ ।

उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको आशंका गरिएको छ ।

Advertisement

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक यादवको शव गत २० असोजको बिहान भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा नग्न अवस्थामा भेटिएको थियो ।

Advertisement

उनको शव फेला परेको स्थान नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको छ ।

असई यादवको हत्या अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले अनुसन्धानको दायरा साँघुरो बन्दै गएको बताइरहेका बेला त्यसको सुई भने सशस्त्र प्रहरीतर्फ सोझिँदै गएको हो ।

उनको हत्यामा सहकर्मीकै संलग्नताको आशंका गर्दै सप्तरी प्रहरीले सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई नियन्त्रणमा लिएको छ । हत्यामा प्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उता, असई यादव हत्याको एक सातापछि बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खडकालाई प्रधान कार्यालय तानेको छ ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *