Categories समाचार स्वास्थ्य

वीरगन्ज महानगरको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” निरन्तर जारी, स्थानीयलाई राहत

रातोपानाकर्मी

पर्सा । वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उदेश्यले भाद्र २६ गतेदेखी “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान वीरगंज महानगरपालिका वडा नम्बर ३० बाट शुभारम्भ गरी हाल पनि निरन्तर जारी राखेको छ ।

Advertisement

हालसम्म वीरगंज महानगरपालिका वडा १८, ३०, ३१ र ३२ गरी ४ हजार ६ सय ६६ जना स्थानीयवासीको चेकजाँच गर्न सफल भएको अभियानमा सहभागी डाक्टर उमेश सरार्फले बताए । उहाँले हाल सञ्चालनमा रहेको वडा नम्बर १८ सौराहा मा  लगभग २ सय १९ जनाको स्वास्थ्य चेकजाँच गरेको जानकारी गराए ।

Advertisement

स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गरी निरन्तर जारी राखेको मेयर राजेशमान सिँहले बताएका छन् ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको अभियानमा सहभागी अमित अग्रवालले बताए ।

खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरु कार्यक्रम स्थलमा चेकजाँचलाई लिएर आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।  

चेकजाँचका लागि आउने स्थानीयवासीहरुले ग्रामीण भेगबाट वीरगंज आउ जाउ गर्न आर्थिक खर्च लगायत अन्य व्यवस्थापनमा समस्या भईरहेको बेला घरआगन मै व्यवस्थित सम्पुर्ण सुविधा सहितको स्वास्थ्य जाँच सुविधा आउँदा खुशी लागेको बताए ।

“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा नगरवासीलाई निशुल्क चिकित्सकीय परामर्श सेवा, निशुल्क ल्याब सेवा तथा निशुल्क औषधी पनि वितरण भईरहेको डाक्टर सागर गुप्ताले बताए । 

“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा शुरु देखि हाल सम्म लगभग ९ सय ८६ जना स्थननियले निशुल्क रगत परिक्षण गराइ सेवा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *