Categories समाचार

दुईवटा खुट्टा काटेर लगेको अवस्थामा पाटे बाघ मृत अवस्थामा फेला

Advertisement

वीरगन्ज । पर्सामा एउटा पाटे बाघ मृत फेला परेकाे छ । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा बयष्क पाटे बाघ मृत फेला परेको हने । राष्ट्रिय वनबाट करिब ३ सय मिटर दक्षिण भलुवाही खोला नजिकै झाडीमा आइतबार मृत अवस्थामा बाघ फेला परेको हो ।

मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको अवस्थामा पाईएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीन चार दिन अघि नै मरेको बाघको मृत शरीरबाट दुर्गन्ध पनि आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिए ।

Advertisement

मृत बाघको चितवनबाट आउने प्राविधिक विज्ञहरुको टोलीले पोष्ट मार्टम गरेपछि यकिन कुराको जानकारी हुने डिभिजन वन कार्यालयका प्रमुख सुवासचन्द्र दासले बताए । मृत बाघ अहिले सव डिभिजन वन कार्यालय बषन्तपुरमा राखिएको छ ।

Advertisement
फोटो संभार
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *