Categories समाचार

मुख्यमन्त्री लालबाबुलाई टक्कर दिने को हुन् ओमप्रकाश

Advertisement

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि एमाले जसपा गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ । यसअघि पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा जसपाबाट निर्वाचित हुनुभएका राउत मधेस प्रदेशको मुख्यमन्त्री बन्नुभयो ।

पर्साबाट प्रतिनिधित्व गरेर मुख्यमन्त्री बन्नुभएपनि पर्सेली जनता भने उहाँसँग खासै खुशी देखिदैनन् । मुख्यमन्त्री भएपछि वीरगन्जलाई राजधानी बनाउन नसकेको उहाँमाथि ठूलो आरोप छ । अझ भनौं मुख्यमन्त्रीको कुर्सीसँग राजधानी साटेको उहाँलाई आरोप लगाउने गरेका छन् ।

Advertisement

तत्कालिन जसपा राजपा संयुक्त सरकारको समयदेखि नै तत्कालिन राजपा वर्तमान लोसपाका युवा नेता ओमप्रकाश सर्राफले मुख्यमन्त्रीको कार्यशैलीको चर्को विरोध गर्दै आउनुभएको छ । अहिले भने मुख्यमन्त्री र उहाँको कटु आलोचक ओमप्रकश सर्राफ निर्वाचनको मैदानमा आमने सामनो हुनुभएको छ ।

Advertisement

मधेस आन्दोलनमा सकृय रहँदा गिरफ्तार भई प्रहरी हिरासतमा बसेर मुद्दा समेत खेपेका युवा नेता सर्राफ आफू मुख्यमन्त्री राउतको विकल्पको रुपमा उम्मेदवार बनेको बताउनुहुन्छ ।

वीरगन्ज महानगरपालिका बनाउने अभियानको आन्दोलनको संयोजक, लोडसेडिङ मुक्त सत्याग्रह आन्दोलनका संयोजक, सिर्सिया नदी बचाऊ अभियानको सदस्य भएर पनि सक्रिय रुपमा राजनीतिक र सामाजिक क्रियाकलापमा लागि रहनुभएका सर्राफ आफूलाई जनमत पाउनेमा ढुक्क हुनुहुन्छ ।

नारायणी अस्पताल सुधार र विकासको लागि लामो समयदेखि सक्रिय भएर नारायणी अस्पताल बिकास सहयोग अभियानका संयोजक समेत बन्नुभएका सर्राफ तराई मधेसमा प्रचार प्रसारको अभावमा पछि परेको पर्यटन क्षेत्रको विकासका लागि अभियान शुरु गर्नुभयो । उहाँ भिजिट मधेस (तराई टुरिज्म) को राष्ट्रिय संयोजक समेत बन्नुभयो ।

गरिब, विपन्न असहायहरुलाई खाना, नाना र छानाको व्यावस्थाका लागि निरन्तर लाग्नुभएका सर्राफ जाडोमा कठांग्रिएर कोहीपनि नागरिकको ज्यान नजाओस भन्ने उद्देश्यले कपडा उपलब्ध गराउने अभियानको रुपमा स्थापना गरिएको वीरगन्ज कपडा बैंकको अभियन्ता बन्नुभयो ।

त्यस्तै सामाजिक रुपमा देखिएका विभिन्न किसिमका समस्या र द्वन्द्वको समाधानका लागि स्थापित नागरिक संवाद मञ्च पर्साको संयोजक भएर पनि काम गर्नुभयो । धेरै क्षेत्रमा सक्रिय भएर काम गर्नुभएका सर्राफ अमेरिकी प्रतिष्ठित बिश्वबिद्धालय सानडियागोबाट लिडरसिप अध्ययन गर्नुभएको छ ।

वैश्विक रुपमा फैलिएको कोरोनामाहामारीमा राहत बितरण, निशुल्क भोजन अभियान ,निशुल्क एम्बुलेन्स सेवा, प्लाजमा बैंक स्थापनामा मात्रै होईन कोरोनाका कारण बन्द गरिएको नरायणी अस्पतालको जेनरल सेवा सुचारुको लागी दुई महिनासम्म धर्ना दिएर सेवा सुचारु गर्न ठूलो भूमिका खेल्नु भएको थियो ।

अक्सिजन कन्सरट्रेसन बैंकको स्थापनाको संयोजक, –दाइजो एवं समाजिक कुरिती विरुद्धको अभियानको सदस्य, हिरो अफ मधेसबाट सम्मानित र अन्य देश बिदेशको दर्जनौं सम्मान, पुरस्कारमा सम्मानित सर्राफले यसपटक विभिन्न भ्रष्टाचारको मुद्दा लागेका मुख्यमन्त्री राउतले जित्ने कुनै आधार नरहेको दावी गर्नुहुन्छ ।

बिगत डेढ दशकदेखि राजनीति र समाजिक क्षेत्रमा सक्रिय सर्राफ बौद्धिक र हरेक विषयमा तार्किक बहस गर्ने युवाको रुपमा पहिचान बनाउनु भएको छ । त्यसैले पनि अहिलेका मतदाता खासगरी युवा जमातको रोजाईमा सर्राफले आफूलाई उभ्याउनु भएको छ ।

पद र पैसाको भन्दा व्यावस्था र प्रणाली सही हुनुपर्छ भन्ने वकालत गर्ने युवा नेता सर्राफ युवा नेतृत्व राजनीतिमा नआउने हो भने अझै युवाले अवसरबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *